१९ बैशाख २०८१, बुधबार 1714548955
Banner

सुरक्षा अधिकारीहरुसँग राष्ट्रपति भण्डारीको संवाद

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सुरक्षामा खटिएका वर्तमान र पूर्वसुरक्षा अधिकारीहरूसँग छलफल गर्नुभएको छ । राष्ट्रपति भण्डारीले उहाँहरूलाई बुधबार शीतल निवासमा बोलाएर छलफल गर्नुभएको हो ।

दोस्रो कार्यकाल सकिनै लाग्दा उहाँले सुरक्षा अधिकारीहरुलाई बोलाएर धन्यवाद ज्ञापन गरेको स्रोतको भनाइ छ। भेटमा नेपाली सेनासहितका सुरक्षा अधिकारीहरुको उपस्थिति रहेको बताइएको छ।

पछिल्लो समय राष्ट्रपति भण्डारीले विभिन्न पेसा व्यवसायीहरुसँग अन्तर्क्रिया गर्दै आउनुभएको छ। सन्देशसहित फिर्ता पठाइएको नागरिकता विधेयक संसदबाट जस्ताको तस्तै पास गरेपछि राष्ट्रपति असन्तुष्ट बनेको स्रोतको भनाइ छ।

विसं २०७२ कात्तिकमा पहिलोपटक राष्ट्रपति बन्नुभएको भण्डारी प्रतिनिधिसभा चुनावपछि फागुनमा दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।