५ जेष्ठ २०८१, शनिबार 1716060606
Banner

काठमाडौं मलको अनधिकृत संरचना महानगरले डोजर लगाएर हटायो


काठमाडौं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलमा बनेको अनधिकृत संरचना हटाएको छ । बुधबार बिहान मेयर बालेन्द्र साह बालेनको उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयकी प्रमुख मिरा राणासहितको टोली पनि सो स्थानमा पुगेको छ । काठमाडौं मल कर्मचारी सञ्चय कोषको स्वामित्वमा छ । यो भवन भाडामा लिएकाहरुले अनधकिृत रुपमा नक्सा विपरीतका संरचना बनाएर उपयोग गरिरहेका छन् । जसले गर्दा भूमिगत पार्किङमा समस्या परेको छ ।