८ बैशाख २०८१, शनिबार 1713642126
पालिका

मेरो कार्यकालमा कोही मन्त्री, सांसदहरुले फोहोर उठाउनु परेको थिएन : पुर्वमेयर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका पुर्व मेयर विद्यासुन्दर शाक्यले आफनो पाँचबर्षे कार्यकालमा अहिलेको जस्तो महिनौ दिनसम्म फोहोरको समस्या व्योहोर्नु नपरेको बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पुर्वमेयर शाक्यले भन्नुभयो, ‘अहिले सांसद मन्त्रीहरु संसदमा फोहोर किन उठेन ? भन्दै चिन्ता गरेका छन, फोहोर उठाएका छन् । मेरो कार्यकालमा महानगरको चिन्ता कसैले लिनु परेको थिएन ।’ आफु पदमा रहदा महानगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदाको संरक्षणमा समृद्धि नै ल्याएको शाक्यले बताउनुभयो ।