१२ बैशाख २०८१, बुधबार 1713964677
Banner

चिन्तनशील राजनीतिकर्मी मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रदीप गिरिको निधनको खवरले निकै मर्माहत भएको बताउनुभएको छ। गिरिको निधनले नेपालले चिन्तनशील राजनीतिकर्मी गुमाएको बताउनुभएको हो । अध्यक्ष ओलीले सामाजिक सञ्जाल ट्वीट गर्दै उहाँप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ, ‘चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु । उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’