२५ माघ २०७९, बुधबार 1675871936
Banner

स्वर्गीय नेता प्रदीप गिरीको पार्थिवशरीरलाई ४ बजे आर्यघाट लगिने

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनप्रति कांग्रेस संसदीय दलले गहिरो दुःख व्यक्त गरेको छ । नेपाली कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले हिजो एक शोक विज्ञप्ति प्रकाशित गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनाका साथै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

गिरिको पार्थिव शरीरलाई आज विहान ९ बजेदेखि ११ बजेसम्म अस्पताल परिसरमै श्रद्धान्जलीका लागि राखिनेछ । विहान साढे ११ देखि ३ बजेसम्म पार्टी कार्यालय सानेपामा राख्ने र त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने सचेतक मीनबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९ः३० बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ७४ वर्षको उमेरमा निधन भएको हो ।