८ बैशाख २०८१, शनिबार 1713647077
Banner

 नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको निधन भएको छ।

७५ वर्षका नेता गिरीको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९ : ३६ मा निधन भएको अस्पताल स्रोतले जनाएको छ।

उनको विगत तीन सातादेखि मेडिसिटीमा उपचार हुँदै आएको थियो। परिवारको आग्रहमा शुक्रबार उनलाई भेन्टिलेटरबाट निकालेर आइसियूमा राखिएको थियो।

उनको पार्थिव शरीरलाई आइतबार विहान ९ बजेदेखि ११ बजेसम्म अस्पताल परिसरमै श्रद्धान्जलीका लागि राखिनेछ । विहान साढे ११ देखि २ बजेसम्म पार्टी कार्यालय सानेपामा राख्ने र पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने सचेतक मीनबहादुर विश्वकर्माले जानकारी दिएका छन् ।

गिरी नेपाली कांग्रेसभित्रका बाैद्धिक नेताका रुपमा परिचित थिए। क्यान्सर र निमोनियाकाे जटिलताका कारण उनकाे निधन भएकाे हाे।