७ बैशाख २०८१, शुक्रबार 1713588962
राजनीति

विभिन्न पार्टी छाडर्दै एमाले प्रवेश गर्नेको लर्को, महासचिव पोखरेल र स्थायी कमिटी सदस्य भटटराईद्धारा स्वागत

काठमाडौं । बिभिन्न पार्टी छाडर्दै एमालेमा प्रवेश गर्नेको लर्को लागेको छ । काठमाडौंको चाबहिलमा विभिन्न पार्टीका कार्यकर्ता ती पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

शनिबार नेकपा एमाले काठमाडौं महानगरपालिका–७ नं. वडा कमिटी चाबहिलद्वारा आयोजित संगठन सुदृढीकरण तथा शुद्धीकरण अभियान प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उनीहरु एमाले प्रवेश गरेका हुन् ।

नव प्रवेशीलाई एमाले महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य राजन भट्टराई, अनुशासन आयोग प्रमुख केशव बडाल लगायतले पार्टीमा स्वागत गर्नुभएको थियो । पार्टी प्रवेश गर्नेमा अधिकांश नेकपा एकीकृत समाजवादीका कार्यकर्ता रहेका छन् ।