१३ बैशाख २०८१, बिहीबार 1714047245
Banner

एमाले संसदीय दलको बैठक बस्दै, महाअभियोग प्रस्तावबारे निर्णय हुन सक्ने

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दै छ ।

बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बैठक आह्वान गरिएको छ । बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । विशेषगरी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गराइएको महाअभियोग प्रस्तावका विषयमा बैठक केन्द्रित हुनेछ । महाअभियोग प्रस्तावको संसदीय प्रक्रियाबाट प्रतिवाद गर्ने एमालेको तयारी छ ।

एमालेका एक सांसदका अनुसार एमालेले पनि संसद् पुनःस्थापनाको फैसला गर्ने चार न्यायाधीश र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने बारेमा निर्णय हुन सक्ने बुझिएको छ ।