१३ बैशाख २०८१, बिहीबार 1714073930
Banner

प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति भण्डारी मेडिसिटीमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज बिहान साढे ११ बजे ललितपुर स्थित मेडिसिटी अस्पताल पुगेर लामो समयदेखि उपचार गराईरहनुभएका गिरीको स्वास्थ्य अवस्था बारे जानकारी लिनुभएको उहाँका स्वकीय सचिव डा.भेषराज अधिकारीले सूचनाप्रेसलाई बताउनुभयो ।

गिरिको मेडिसिटी अस्पतालमा उपचार चलिरहेको छ । उहाँलाई निमोनिया देखिएपछि अस्पताल भर्ना गरिएको थियो । गतवर्ष उहाँलाई घाँटीमा क्यान्सर भएपछि भारतको मुम्बईमा पनि उपचार गरिएको थियो ।