२०७९ मंसिर १५ बिहीबार 1669933134
Banner

सभामुख सापकोटाद्धारा आज सर्वदलीय बैठक आह्वान

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक बोलाउनुभएको छ ।

संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक सोमबार दिउँसो २ बजेका लागि बोलाएको सभामुखको सचिवालयले जनाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएपछि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाउनुभएको हो ।