१३ बैशाख २०८१, बिहीबार 1714102729
Banner

वाटर फाउण्टेन पार्कको उद्ध्घाटन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘एमाले खोला खोल्सी र ताल तलैयामा समृद्धिको सम्भावना देख्छ’

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले खोला,खोल्सी र ताल तलाउमा समृद्धिको सम्भावना देख्ने बताउनुभयो । झापाको अर्जुनधारा नगरपालिका स्थित सुखानी सहिद स्मृति पार्क स्थलमा निर्माण गरिएको वाटर फाउण्टेन पार्कको उद्ध्घाटन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।

गए राती ९ बजे विशाल जनमानसको बीचमा उद्ध्घाटन गरिएको पार्कमा अध्यक्ष ओलीले यहाँ रहेको सानो पोखरीलाई एमालेले तालको रुप दिएको बताउनुभयो । ‘देश बनाउने पार्टी एमाले हो ’ अध्यक्ष ओलीले भन्नुभयो ‘यहाँ एउटा सानो खोल्सी थियो । एमालेले तलाउ बनायो । एमाले नै यस्तो पार्टी हो जसले खोला,खोल्सी र तालतलैयामा समृद्धिको सम्भावना देख्छ ।’

अध्यक्ष ओलीले देश परिवर्तनका लागि संघर्षमा होमिएका रामनाथ दाहाल नेत्र घिमिरे, घिमिरे,वीरेन राजवंसी,कृष्ण कुईंकेल र नारायण श्रेष्ठलाई सरकारले ५० वर्ष अघि हत्या गरे पनि उनीहरुले बोकेको बिचारको बीउ फस्टाएर अहिलेको एमाले भएको अधयक्ष ओलीको भनाइ छ ।

सुखानी भन्ने स्थानमा उहाँहरुलाई हत्या गरिएको २०२९ सालमा हत्या गरिएको थियो । उहाँहरुको स्मृतिमा सालबाडीमा निर्माण गएिको सहिद स्मृति पार्कमा कलर वाटर फाउण्टेन पार्क पार्क निर्माण गरिएको हो ।