१३ बैशाख २०८१, बिहीबार 1714082453
Banner

गठबन्धन जो सुकैले गरुन्, एमालेको सरकार बन्छ : अध्यक्ष ओली

इलाम – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सबैखाले गठबन्धनविरुद्ध एक्लै लड्न एमाले तयार रहेको भन्दै चुनावमा जनताले नेताको गठबन्धनलाई ठेगान लगाउने बताउनुभएको छ । अध्यक्ष ओलीले भन्नुभयो, ‘गठबन्धन जो सुकैले गरुन्,एमालेको सरकार बन्छ किनभने गठबन्धनमा जनता छैनन्, नेतामात्र सामेल छन् । भ्रष्ट नेताहरुको अपराधी गठबन्धनलाई जनताले पराजित गर्नेछन् ।’

इलामको चुलाचुली पार्टी प्रवेश कार्यक्रमा बोल्दै अध्यक्ष ओलीले माधव, प्रचण्ड कांग्रेसको पुच्छर भएकोले उसले जता हल्लायो उतै हल्लिने बताउनुभयो ।

इलामको चुलाचुलीमा विभिन्न पार्टी परीत्याग गरी ११३५ जना नेकपा एमाले प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष सुवास नेम्वाङले पार्टीमा प्रवेश गराउनुभएको थियो ।