१३ बैशाख २०८१, बिहीबार 1714046325
पालिका

बुनपाले गरयो आकस्मिक बजार अनुगमन

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं ५ विष्णुमति क्षेत्रमा आज आकस्मिक बजार अनुगमन गरिएको छ ।

अनुगमनलाई आक्रामक बनाउने अभियान सुरु गरेका उपप्रमुख अनिता लामाको नेतृत्वको बजार अनुगमन टोलीले विष्णुमती वडा कार्यालय क्षेत्र देखि मिलन चोक सम्मका व्यवसायहरुको मुल्य सुचि, साईनवोर्ड, व्यवसाय दर्ता , व्यवसाय नविकरण , खरिद–बिक्रि बिल लगायतको प्रमाण पत्र र कागजातहरु अध्यावधिक भएको नभएको निरिक्षण गरेको थियो ।

सो बजार अनुगमनमा भएको अनुगमनमा वडा नं ०५ अध्यक्ष कृष्ण साह ठकुरी, सदस्य हेप्सिवा तामाङ, तारा रोक्का, कार्यपालिका सदस्य रामकुमार रोक्का, वडा नं ०३ सदस्य विक्रम राज श्रेष्ठ लगायत प्रशासकिय अधिकृत केदार कुमार खड्का, जनस्वास्थ्य महाशाखा प्रमुख कुमार प्रसाद दाहाल, राजस्व व्यवस्थापन शाखा प्रमुख अच्युत खड्का, आर्थिक प्रशासन महाशाखा प्रमुख मिनराज खड्का, उद्योग पर्यटन शाखा प्रमुख भोला ढुङ्गाना, पशू सेवा शाखा अधिकृत ओम प्रसाद वाग्ले, नगर प्रहरी प्रमुख रमेश खतिवडा, प्रहरी प्रभाग बबुढानीलकण्ठ र स्थानीय समाजसेविहरुको उपस्थिति रहेको थियो ।

राष्ट्रिय पर्वहरु नजिक आएको समयमा म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गर्ने व्यवसायहरुको छड्के अनुगमनलाई नगरपालिकामा तीव्र पारिएको हो ।