१३ बैशाख २०८१, बिहीबार 1714092067
Banner

महानगरको फोहोर उठन थाल्यो, २८४ गाडी आज बन्चरेडाँडा पुगे

काठमाडौं । काठमाडौं महानगरको फोहोर महानगर तथा अन्य सहयोगी निकायको स्रोत र शक्तिसहित आजबाट पूर्णरुपमा उठ्न थालेको छ। आजमात्रै २८४ वटा गाडीहरु फोहोर बोकेर बन्चरेडाँडा पुगेका मेयर बालेन शाहले जानकारी दिएका छन्।

मेयर शाहले फेसबुकमार्फत जानकारी गराउँदै भनेका छन्, ‘सडकमा अहिले भइरहेको सम्पूर्ण अवरोधहरू हटेका छन्। आजमात्रै २८४ गाडी फोहोर बोकेर बन्चरे पुगेका छन्। यही कायम रहिरहेमा केही दिनमा नै सबै फोहोर उठिसक्ने छ।’

उपत्यकामा फोहोरको मात्रा धेरै थुप्रिएर प्रदूषण बढेपछि महानगरका स्रोत साधनले फोहोर ओसार्न गाह्रो भएको छ। यस्तो अवस्थामा अन्य निकायले पनि फोहोर ओसार्न सहयोग गरिरहेका र सहयोग गर्न चाहनेहरुलाई पनि आउन मेयर शाहले आग्रह गरेका छन्।

ुहामीसँग सीमित मात्रामा फोहोर बोक्ने ट्रकहरु रहेका छन्। ट्रिपर, ट्रक जस्ता ठूला मेसिनरीका व्यवसायीहरुको सहयोगले मात्रै छोटो समयमा धेरै भन्दा धेरै फोहोर उठाउन सकिन्छ। हाम्रो आग्रह स्वीकारेर फोहोर ढुवानी गर्न सहयोग गर्नु हुने समानान्तर निशुल्क ३ वटा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ (इन्धन महानगरले भर्ने गरी १८ वटा), नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति, गाडी चालक, सहयोगीलगायत सम्बद्ध सबैप्रति हामी आभारी छौँ। हामीलाई थप ट्रिपर तथा ट्रक उपलब्ध गराउन चाहने व्यक्ति वा संस्थाले हाम्रो सचिवालय सदस्य सुनिल लम्साल ९८५११०१०६० मा सम्पर्क गर्न सक्नुहुनेछ । उनले भनेका छन्।