१२ बैशाख २०८१, बुधबार 1714016840
Banner

सिट बाँडफाँट कार्यदलको बैठक बस्दै, कार्यदलमा नै टुंगो लगाउने

काठमाडौं। संघीय संसद र प्रदेश संसदको निर्वाचनको सिट बाँडफाँटका लागि गठन भएको पाँच दलीय गठबन्धनको कार्यदलको बैठक आज अपरान्ह बस्ने भएको छ।

वालुवाटरमा स्थित प्रधानमन्त्री निवासमा बस्ने बैठकले संघीय संसदका १ तथा ६५ तथा प्रदेश संसदका ३ सय ३० सिटका सिट वाँडफाडको प्रारम्भिक खाकामा छलफल गर्नेछ।

२०७४ सालको निर्वाचन र गत ३० बैशाखको स्थानीय तहको निर्वाचनको मत परिणामलाई आधार मानेर सिट बाँडफाँडमा सैद्धान्तिक सहमति गरेको कार्यदलले सो अनुसारका सिट बाँडफाँटको मोडालिटीमा छलफल गरेर शिर्ष नेतृत्वलाई सुझावसहितको प्रतिवेदन दिनेछ।