११ बैशाख २०८१, मंगलवार 1713931791
Banner

निहारिका प्रकरणका आरोपित शिवराज श्रेष्ठ धनुषाबाट पक्राउ

काठमाडौं । निहारिका राजपुत प्रकरणका आरोपी शिवराज श्रेष्ठ पक्राउ परेका छन् । केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईका अनुसार श्रेष्ठलाई मंगलबार साँझ नियन्त्रणमा लिइएको हो ।

प्रहरीले कुन अभियोगमा श्रेष्ठलाई पक्राउ गरेको हो खुलाएको छैन । यद्यपि सोनाली कुमारी सिंह अर्थात् निहारिका राजपुतले डीएनए टेष्टको माग गरेको कारण उनलाई पक्राउ गरिएको हुनसक्ने अनुमान गरिएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय र धनुषा प्रहरीको संयुक्त टोलीले श्रेष्ठलाई धनुषाबाट पक्राउ गरेको हो ।