१२ बैशाख २०८१, बुधबार 1714023784
अर्थ

स्ट्यान्डर्ड नाप र तौल विधेयक पारित

प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभाको सन्देशसहितको ‘स्ट्यान्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक’ २०७८ बहुमतले पारित गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नापतौल ऐन २०२५ लाई संशोधन गर्न ल्याइएको उक्त विधेयक पारित गरियोस् भनी सदनमा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त विद्येयकमाथि सांसदहरुले उठाएका प्रश्नको मन्त्री बडूले जवाफ दिनुभएको थियो । सांसद प्रेम सुवाल र घनश्याम खतिवडाले उक्त विधेयकमाथि प्रस्तुत गर्नुभएकोे संशोधन प्रस्ताव भने सदनमा बहुमतले अस्वीकृत गरेको थियो ।