१२ बैशाख २०८१, बुधबार 1713968071
राजनीति

प्रेस चौतारीको महाधिवेशन फागुन २७ र २८ गते पोखरामा

काठमाडौं – प्रेस चौतारी नेपालको महाधिवेशन आगामी २७ र २८ गते पोखरामा हुने भएको छ ।

काठमाडौंमा आइतबार बसेको सचिवालय बैठकले नवौं राष्ट्रिय महाधिवेशन फागुन २७ र २८ गते पोखरामा गर्ने निर्णय गरेको उपाध्यक्ष गणेश पाण्डेले जानकारी दिनुभयो ।

माघ २७ र २८ गतेका लागि तय गरिएको बैठक कोरोना संक्रमण बढेसँगै रोकिएको थियो ।