११ बैशाख २०८१, मंगलवार 1713883503
राजनीति

जनतामा एमालेको ठूलो प्रभाव छ : उपाध्यक्ष ज्ञवाली

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले जनतामा एमालेको ठूलो प्रभाव रहेको बताउनु भएको छ ।

नेकपा एमाले बाँकेले आज कोहलपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उपाध्यक्ष ज्ञवालीले जनतामा एमालेको ठूलो प्रभाव रहेकाले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा एमाले आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने तयारीमा छ भन्नुभयो । स्थानीय तहको निर्वाचनमा हासिल गरेको मतले एमाले अहिले पनि ठूलो दल भएको दाबी गर्दै उहाँले भन्नुभयो, “नीति, सिद्धान्त, विचार र पार्टीको सरकारले गरेका कामहरुले एमाले विजयी हुने बलियो आधार छ ।” एमालेलाई सबै दल मिलेर घेराबन्दी गरे पनि उनीहरुको लक्ष्य प्राप्त हुन नसक्ने नेता ज्ञवालीले बताउनुभयो ।