६ बैशाख २०८१, बिहीबार 1713458641
Banner

२४ घण्टामा ५२१ जनामा कोरोना पुष्टि, १० को मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा ५२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा निको हुनेको संख्या भने ३९३५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ११५ जनाको नमुना परीक्षण भएको थियो ।

यसैगरी पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको छ।  हाल देशभर सक्रिय संक्रमित २२ हजार ५८४ जना रहेका छन् ।