४ बैशाख २०८१, मंगलवार 1713304481
Banner

आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी लाग्न देउवाको निर्देशन


काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने गरी लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।

सोमबार सानेपामा कांग्रेस पार्टीबाट निर्वाचित जनप्रतिनिधि अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले कांग्रेसको ध्यान आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने मात्रै रहेको बताउनुभयो । गठबन्धनको भोटले पहिलो पार्टी बन्न मद्धत गर्ने भएपनि जनताको मन जित्ने काम गर्न उहाँको सुझाब थियो ।
उहाँले भन्नुभयो, गठबन्धन छदैछ त्यसैले निर्वाचन जितिन्छ ’ भनेर मात्र नबस्न उहाँको आग्रह थियो ।

‘जनताभन्दा ठूलो अरु कोही छैन। जनताको विश्वास लिन जनतामाझ जानुहोस्।’ उहाँले भन्नुभयो ।