८ बैशाख २०८१, शनिबार 1713602298
समाचार

राष्ट्रपति भण्डारी पोखरा जानुहुँर्दै

पोखरा- राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखरा आउने हुनु भएको छ । भोली हुने विभिन्न कार्यक्रममा सहभागी हुन बुद्ध एयरको जहाजमार्फत मध्याह्न १२ बजे पोखरा आइपुग्ने पुग्नुहुनेछ ।

पोखरा झरेलगत्तै भण्डारी पोखरा ग्राण्डमा लन्चका लागि जानुहुनेछ । आज उहाँ ग्राण्डमै बस्ने कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिनुभयो ।
राष्ट्रपति भण्डारी मंगलबार बिहान विन्ध्यवासिनी मन्दिरको दर्शन गर्नुहुनेछ । त्यसपछि विन्ध्यवासिनी माविको हिरक जयन्तीमा सहभागी हुने प्रजिअ आचार्यले बताउनुभयो ।

मंगलबार दिउँसो उहाँ गुरुङहरुको विशेष चाड ट्योंटेको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुनुहुनेछ । कार्यक्रमलाई सम्वोधन गरेर राष्ट्रपति भण्डारी मंगलबार अपराह्न ४ बजे काठमाडौं फर्किने कार्यक्रम छ । राष्ट्रपति भण्डारी पोखरा आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको प्रजिअ आचार्यले बताउनुभयो ।