७ बैशाख २०८१, शुक्रबार 1713564964
समाचार

समाजसेवी राधिका शाक्यले यसरी मनाउनुभयो जन्मदिन (फोटो फिचर)

काठमाडौं । मानवसेवा आश्रमलाई तन, मन र धनले योगदान पु¥याउँदै आइरहनुभएकी समाजसेवी राधिका शाक्यले आफ्नो जन्मदिनमा आश्रममा रहेका लक्ष्मीनारायणहरु लाई भोजन गराएर मनाउनु भएको छ ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको साथमा मानवसेवा आश्रम नागार्जुनमा भोजन गराई उहाँले आफ्नो जन्मदिनको खुशीयाली साट्नुभएको हो ।

जुनदिनदेखी मानवसेवा आश्रमसँग जोडीनुभयो त्यो दिनदेखी नै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र राधिका शाक्यले आफ्नो र आफ्नो परिवारको खुशी र उत्सवहरु आश्रममा साट्दै आइरहनुभएको छ ।

फागुन ११ गते परेको अध्यक्ष ओलीको जन्मदिनमा पनि आश्रमको १९ जिल्लामा रहेका २३ ओटै सेवाकेन्द्रहरुको संरक्षणमा रहेका लक्ष्मीनारायण तथा बालगोपलहरुलाई भोजन गराउनुभएको थियो ।

एमाले अध्यक्ष ओली उहाँको धर्मपत्नी एवं समाजसेवी शाक्यले मानवसेवा आश्रम सामाखुशी, कौशलटार, ललितपुर, रानिवन , हेटौंडा र चितवनको पटकपटक अवलोकन एवं सहयोग गर्दै आईरहनुभएको छ ।