१३ बैशाख २०८१, बिहीबार 1714083263
Banner

नागरिकता विधेयक फिर्ता गरेकोमा एमालेद्धारा स्वागत

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्वागत गरेको छ ।

पुनर्विचार गर्न राष्ट्रपतिले गरेको आग्रहलाई सहज रुपमा स्वीकार गरेर नागरिकता विधेयक संशोधन गर्नुपर्ने एमालेले बताएको छ ।

एमाले प्रमुख सचेतक विशाल भट्टराई, शान्ता चौधरी, पार्वती रावल, भगवती न्यौपाने, निरु पाल लगायतले नागरिकता विधेयक फिर्ता पठाएर राष्ट्रपतिले अभिभावकिय भूमिका निर्वाह गरेको बताएका छन् ।