२२ माघ २०७९, आईतवार 1675584086
Banner

प्युठानमा जीप दुर्घटना ३ जनाको मृत्यु

दाङ । प्युठानको नौबहिनी गाउँपालिका ६ बहानेमा भएको जीप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २५ दिने शिशु चेतना बुढा, ७ वर्षीया करुणा बुढा मगर र जीप चालक २५ वर्षीय लुकेश थापा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार २१ दिने शिशु चेतना बुढा, उनकी दिदी २७ वर्षीया करुणाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताए । त्यस्तै चालक थापाको भने उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको उपरीक्षक थापाले बताए ।

त्यस्तै दुर्घटनामा दुई जान गम्भीर घाइते भएका छन् भने घाइते ७ जनाको उपचार भइरहेको छ । आइतबार साँझ ५ बजे प्युठानको बाग्दुलाबाट डामृ तर्फ जाँदै गरेको लु १ ज १५४५ नम्बरको जिप नौबहिनि गाउँपालिका वडा नम्वर ६ बहाने बजार नजिकै दुर्घटनामा परेको थियो ।