१४ बैशाख २०८१, शुक्रबार 1714142514
Banner

आगामी चुनावमा १० अर्ब खर्च हुने अनुमान

काठमाडौं : निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा १० अर्ब खर्च हुने अनुमान गरेको छ।

आइतबार ललितपुरमा आयोजित सम्पादकहरूसँगको अन्तरक्रियामा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले अनुमानति १० अर्ब खर्च हुने बताउनुभएको हो । मतदाता शिक्षाका कार्यक्रम‚ मतपत्र छपाइ, निर्वाचन सामाग्रीको खरीद खरीद लगायत काममा उक्त रकम खर्च हुने बताएको हो। सरकारले आगामी मंसीर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुने निर्णय गरेको छ।

यस्तै पछिल्लो विवरण अनुसार‚ करीब एक करोड ८२ लाख मतदाता रहेको आयोगले जनाएको छ। 

आगामी निर्वाचनमा १० हजार ८२५ मतदान स्थल र २२ हजार ५०० मतदान केन्द्र रहने आयोगले जनाएको छ।