१३ बैशाख २०८१, बिहीबार 1714108843
प्रदेश

उपत्यकाको सडक प्रयोग गर्दा सतर्क रहन बाढी पूर्वानुमान महाशाखाकोअनुरोध

काठमाडौं : काठमाडौं उपत्यकाका नदी तथा खोला किनारका स्थानीय र करिडोरको सडक प्रयोग गर्दा सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

गएरातिदेखि नै विभिन्न स्थानमा भारी वर्षा भएकाले अझै केही समय सतर्कता अपनाउन भनेको हो। उपत्यकाको मनोहरा, गोदावरी, बागमती र विष्णुमती जलाधारको धेरै स्थानमा भारी वर्षा भएकोले जलसतह बढ्दो रहेको महाशाखा सुचना जारी गरी जानकारी गराएको हो।