८ बैशाख २०८१, शनिबार 1713634449
Banner

पौडि खेल्ने क्रममा डुबेर मृत्यु

दाङ-दाङमा अर्जुन खोला र मसोट खोलाको दोभानमा पौडि खेल्ने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ ।

साथिहरुसँग नुहाउन घोराही उपमहानगरपालिका-२ स्थित अर्जुन खोला र मसोट खोलाको दोभानमा पुगेका घोराही उपमहानगरपालिका-२ रामपुर बुका निवासी २६ बर्षिय निराजन पोख्रेलको पानीमा डुबेर मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल ४१ नम्बर गण हेटक्वाटर अर्जुन खोलाका डिएसपी नवीन बुढाथोकीले जानकारी दिनुभयो ।

दिउँसो नुहाउने क्रममा मान्छे डुबेको सुचना पाएलगत्तै डिएसपी बुढाथोकीको नेतृत्वमा १९ जनाको टोली खटिएको थियो । खोजतलास गर्ने क्रममा पोख्रेल खोँचमा अड्किएको अवस्थामा फेला पारेको थियो । निराजन आफ्ना अन्य २ जना साथिसहित पौडि खेल्न पुगेको बताइएको छ ।