११ बैशाख २०८१, मंगलवार 1713888077
Banner

निहारिकाको विषयमा राष्ट्रपति भण्डारीको चासो, कानुनमन्त्री र महान्यायाधिवक्तासँग छलफल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयबाहिर आत्मदाहको प्रयास गर्ने निहारिका राजपुतको विषयमा चासो देखाउनुभएको छ ।

राष्ट्रपति भण्डारीले शनिबार कानुन, न्याय तथा संसदीय मामिलमन्त्री गोविन्द बन्दी र महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई बोलाएर निहारिका राजपुतको विषयमा चासो राख्नुभएको हो ।

शुक्रबार राष्ट्रपति कार्यालयबाहिर आत्मदाहको प्रयास गर्दा निहारिकालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । हाल उनलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

घटनाको भोलिपल्ट राष्ट्रपति भण्डारीले सो बारेमा चासो देखाउनुभएको हो ।