११ बैशाख २०८१, मंगलवार 1713897097
Banner

निहारिकालाई भेटेपछि बालेनले लेखे, यो अति हो, अत्याचार हो, कानुनी राज्यमा यस्तो हुँदैन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले न्याय माग गर्दै आमरण अनशनमा रहेकी निहारिका राजपूतलाई भेट गर्नुभएको छ। आज टिचिङ अस्पताल पुगेर साहले निहारिकालाई भेटेको उहाँले सामाजिक सञ्जाल मार्फत जानकारी गराउनुभएको हो ।

भेटको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै बालेनले लेख्नुभएको छ ,आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रै’छ । यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने हो ? यो अति हो । यो अत्याचार हो । कानूनी राज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।’