१३ बैशाख २०८१, बिहीबार 1714053920
Banner

घाइते सुरक्षाकर्मीलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याईयो

काठमाडौं । रुकुम (पूर्व) मा नेपाल प्रहरीको गाडी दुर्घटनामा परेर घाइते भएको दुई प्रहरीलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याईएको छ । रुकुम पुर्वको पुथाउत्तरगंगा गाउँपालिका–११, तल्लोसेरा नजिकै प्रहरीको गाडी दुर्घटनामा परेर गम्भीर घाइते दुई जनालाई हेलिकप्टरबाट काठमाडौं ल्याईएको हो।

रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारका अनुसार लु १ झ ६६० नम्बरको जीप सडकबाट करिब ८० मिटर तल खस्दा डिएसपी डाँगीको टाउकोमा गहिरो चोट लागेको छ । प्रहरी जवान लक्ष्मण बुढा गम्भीर घाइले हुनुभएको छ । रुकुमपूर्वका सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठ सामान्य घाइते हुनुभएको छ । जीपमा छ सुरक्षाकर्मी सवार भएको बताइएको छ ।