८ बैशाख २०८१, शनिबार 1713622768
Banner

सर्वोच्च अदालतका सबै सेवा सुचारु हुने

काठमाडौं । सर्वोच्च अदालतले आजदेखि नियमित रुपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार बिहीबार बसेको पूर्ण बैठकले कोरोना संक्रमणदर घट्दै गएकाले फागुन १ देखि सबै प्रकारका सेवा सञ्चालन गर्ने निर्णय गरेको बताउनुभयो ।

यसअघि अदालतको माघ ४ गते बसेको पूर्ण बैठकले माघ ५ मा सेवा कटौती गरेको थियो । यस समयमा अत्यन्त जरूरी प्रकृतिकाका रिट, बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित रिट निवेदनको मात्र नियमित रूपमा सुनुवाइ हुदै आएको थियो ।