१२ बैशाख २०८१, बुधबार 1713997416
Banner

शीतल निवास अगाडि निहारिकाद्वारा आत्मदाह प्रयास, प्रहरीद्धारा उद्धार

काठमाडौं । कुमारी आमा निहारिका राजपुतलाई प्रहरीले राष्ट्रपति भवन अघिबाट नियन्त्रणमा लिएको छ । लामो समयदेखि न्याय माग्दै आएकी राजपु्त शितल निवास अघि पुगेर आत्मदाह गर्ने प्रयास गर्ने क्रममा पक्राउ परेकी हुन् ।

आत्मदह गर्ने भन्दै उनले शरीरमा पेट्रोल खन्याएकी थिइन् । तर, प्रहरीले उनलाई आगो लगाउनु भन्दा पहिले नै पक्राउ गरेको छ । निहारिकाले गत २० साउनबाट आमरण अनशन सुरू गरेकी थिइन् । वसन्तपुर डबलीमा अनशन बसिरहेकी उनले आफ्नो मागको सुनुवाइ नभएको भन्दै आत्मदाहको योजना बनाएकी हुन् ।

जनकपुरका एक युवकले आफूलाई बलात्कार गरी बच्चा जन्मिएको निहारिकाको आरोप छ । उनले बच्चाको डिएनए टेस्ट म्याच गराउन र आरोपिलाई पक्राउ गर्न माग राखेकी छन् ।