१४ बैशाख २०८१, शुक्रबार 1714143660
Banner

एमालेले बनायो निर्वाचन परिचालन कमिटी, अध्यक्ष ओली संयोजक

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । केन्द्रीय कार्यालय च्यासलमा आज बसेको बैठकले अध्यक्षको नेतृत्वमा निर्वाचन परिचालन समिति बनाएको हो । उक्त समितिमा केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारी, केन्द्रीय निकाय र आयोगका पदाधिकारी, जनसंगठनका अध्यक्ष र महासचिव र विभागका सचिव रहनेछ ।

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र मस्यौदा कमिटी पनि गठन गरेको छ । मस्यौदा कमिटीमा उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल रहनेछन् ।

सचिवालय बैठकले आगामी ७ भदौमा स्थायी कमिटी र ९ भदौमा पोलिटब्यूरो ११ र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको प्रचार विभाग प्रमुख पृथ्वीसुव्वा गुरुङ्गले बताउनुभयो ।