१३ बैशाख २०८१, बिहीबार 1714032912
पर्यटन

भक्तपुरमा आज जनैपूर्णिमा

काठमाडौं : भक्तपुरका दुई नगरपालिकामा बिहीबार जनैपूर्णिमा मनाइँदैछ। जिल्लाका भक्तपुर र मध्यपुर थिमी नगरपालिकाले बिहीबार नै जनैपूर्णिमा मनाउन लागेका हुन्।

नेपाल पञ्चांग निर्णायक विकास समितिले निकालेको पात्रोमा शुक्रबार एकैदिन जनैपूर्णिमा र गाईजात्रा मनाउने उल्लेख छ। भ्रममा नपर्न भन्दै बिहीबार मात्रै समितिले विज्ञप्ति निकालेर एकैदिन दुवै पर्व मनाउन आग्रह गरेको थियो।

बिहान ९ बजेर ४४ मिनेटदेखि पूर्णिमा तिथि शुरु हुने तर्क गर्दै भक्तपुर र मध्यपुर नगरपालिकाले बिहीबार जनैपूर्णिमा (गुन्हिपुन्हि) मनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।