१३ बैशाख २०८१, बिहीबार 1714050906
राजनीति

एमाले सिन्धुपाल्चोकमा ११६ सदस्यीय जिल्ला कमिटी चयन

सिन्धुपाल्चोक – नेकपा एमाले सिन्धुपाल्चोकले ११६ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको छ । एमालेका निवर्तमान जिल्ला कमिटी सचिव कमल नेपालको अध्यक्षतामा ११६ जिल्ला कमिटी चयन गरेको अध्यक्षमण्डलका सदस्य एवम् एमाले पोलिटब्युरो सदस्य अरुण नेपालले जानकारी दिनुभयो ।

त्यस्तै उपाध्यक्षमा उमा प्रधान, सचिवमा रामचन्द्र बस्नेत, उपसचिवमा सुशीला पाख्रिन र चिरन तामाङ सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

एक महिना लामो प्रयासपछि सर्वसम्मत रुपमा नेतृत्व छनोट गरिएको हो । अध्यक्षमा पाँचजनाले उमेदवारी दिएका थिए । पालिका कमिटीका १२ जना अध्यक्षहरु जिल्ला कमिटीका पदेन सदस्य हुने अध्यक्षमण्डलले जानकारी दिएको छ ।