४ बैशाख २०८१, मंगलवार 1713273397
Banner

कृषि बैज्ञानिकहरुसँग अध्यक्ष ओलीले भन्नुभयो, हामी युवाहुँदा ढोक्सामा माछा थाप्थ्यौं, अहिले त खोलामा पनि माछा पाउँन गाहो छ (भिडियो)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेतवारीमा बिषादीको प्रयोग बढन थालेपछि खेत, खोलामा पाइने जीवजन्तुपनि नासिदै गएको बताउनुभएको छ । आज काठमाडौंमा आयोजित कृषि वैज्ञानिकहरूसँगको अन्तरक्रियामा बोल्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘म युवा हुँदा खेतका गरामा माछै माछा हुन्थ्यो, अहिले त खोलामा पनि माछा पाउँन गाहो छ ।’ उहाँले कृषिको उपज बढाउन प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो।

कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी मुलुकमा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसका लागि नेपालमा कृषि बजार अभाव नभएको बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘बिषादीयुक्त खाने कुराले हामी निरोगी बन्छौं, बिषादीयुक्त खानेकुराले हामी रोगी बनेका छौ, यसको नियन्त्रणमा लाग्नु आजको आवश्यकता हो । ’ अध्यक्ष ओलीले कृषि उपज बढाउन माटो मर्न नदिने काममा सचेत रहन पनि सम्बन्धित पक्षले ध्यान दिनुपर्नेमा जोड दिनु भयो ।