१३ बैशाख २०८१, बिहीबार 1714066088
Banner

भारतसँगको नेपाली सिमानामा काँडेतार लगाउनु पर्छ : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीमबहादुर रावलले भारतसँगको नेपाली सिमानामा काँडेतार लगाउनुपर्ने बताउनुभएको छ  । चलचित्र ‘काँडेतार’ को बारेमा जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै  नेता रावलले भारतले बंगलादेशसँगको सिमानामा काँडेतार लगाएको जस्तै नेपालले पनि भारतसँग जोडिएको  सिमानामा काँडेतार लगाउनुपर्ने बताउनुभएको हो ।

नेता रावलले भन्नुभयो – ‘सिमानामा काँडेतार लगाउने भनेपछि केबल फलामे तार जस्तो बुझिएपनि यो देशको सुरक्षाको अभिव्यक्ति हो । धेरै राष्ट्रहरूले आफ्नो सिमानाको रक्षाको लागि पर्खाल लगाएका उदाहरण हामीमाझ छ।’

नेता रावलले नागरिकता विधेयकको पनि विरोध गर्दै भन्नुभयो यो विधेयकले नेपालीहरूलाई अल्पमतमा पार्ने षड्यन्त्र भएको  बताउनुभयो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले सबैखाले बाहृय हस्तक्षेपको विरुद्धमा नेपाल लड्नुपर्ने र यसका लागि सबै एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो  ।