१३ बैशाख २०८१, बिहीबार 1714078704
Banner

जापानबाट फर्किएपछि प्रचण्डले भने, मन्त्री बन्ने सम्भावना भएका चल्तापूर्जा तीनजना सांसदसँग भेटेँ

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल पाँच दिने जापान भ्रमण गरी बुधबार स्वदेश फर्कनुभएको छ ।

अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरागर्दै अध्यक्ष दाहालले भन्नुभयो,‘ जापानका एकजना सांसदले मलाई त्यहाँको संसदीय प्रक्रियाबारे ब्रिफिङ गर्नुभयो । उहाँ जापानका चल्तापुर्जा सांसद हुनुहुँदो रहेछ । चाँडै मन्त्री पनि बन्ने सम्भावना छ भनेर उहाँले नै भन्नुभयो ।’ प्रचण्डले उहाँसँगै अन्य तीनजना सांसदसँग पनि भेट गरेको बताउनुभयो ।

जापानका सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेताहरुसँग विभिन्न विषयमा राम्रो वातावरणले विचार आदानप्रदान र सहयोग अभिवृद्धि गर्ने छलफल भएको उहाँले चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “जापानको विकास र प्रगति, लगानी पनि बढोस् । हाइड्रो, पर्यटन, कृषि, शिक्षा, भौतिक पूर्वाधार विकास सम्बन्धमा राम्रो वातावरणमा विचार र सहयोग आदानप्रदान अभिवृद्धि गर्ने कुरा भयो ।”