६ बैशाख २०८१, बिहीबार 1713502641
Banner

बझाङमा एकै परिवारका ३ जना मृत फेला

बझाङ – बझाङमा एकै परिवारका तीनजना मृत अवस्थामा फेला परेका छन्।

बुङ्गल नगरपालिका–९ रारुमा आमा, छोरी र छोरा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्। २२ वर्षीया गीता पार्की, उनकी ५ वर्षीया छोरी र ३ वर्षीया छोरा भूपेन्द्र पार्की झुन्डिएको अवस्थामा भेटिएको बुङ्गल नगरपालिका–९ का वडाध्यक्ष हरिशबहादुर सिंहले जानकारी दिनुभयो ।