१३ बैशाख २०८१, बिहीबार 1714101650
पालिका

बुढानिलकण्ठका १०० बालबालिकालाई शैक्षिक सामग्री वितरण

काठमाडौं  । बालविकास समाजले शैक्षिकवर्ष २०७९ का लागि १०० जना निम्नस्तरका बालबालिकालाई छात्रवृत्ति कार्यक्रम अन्तर्गत आवश्यक शैक्षिक सामग्री वितरण गरेको छ । संस्थाका पदाधिकारी, आजीवन सदस्य, समाजसेवी, शुभचिन्तक, बैकहरुबाट आर्थिक संकलन गरी निम्न स्तरका सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई छात्रवृत्ति सहयोग गर्दै आइरहेको छ ।

संस्थाले हरेक वर्ष आफ्नो क्षमताले भ्याएसम्म बालबालिकालाई सहयोग गरिरहेको छ । बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको प्रमुख अतिथ्यतामा सम्पन्न शैक्षिक सामग्री वितरण कार्यक्रममा वडा नं. १२ का वडा अध्यक्ष शम्भु  प्रसाद भट्टराई संस्थाका पदाधिकारी, अभिभावक, बालबालिकाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बालकुमारी आधारभूत विद्यालयका प्रधानाध्यापक, वडा अध्यक्ष लगायतका व्यक्तित्वहरुले  मन्तव्य राखेका थिए । कार्यक्रममा मन्तव्य राख्दै वडा नं. १२ का वडा अध्यक्ष सम्भू प्रसाद भट्टराईले  बालविकास समाज र बालकुमारी स्कूलको सम्बन्ध प्रगाढ रहेको हुनाले यीदुई निकायबीच सधै एकअर्कामा सहयोगको दृष्टिकोणले अगाडी बढनु पर्ने कुरा उल्लेख गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख मिठाराम अधिकारीले विद्यालय स्थापना हुनुमा बालविकास समाजको ठूलो साथ र सहयोग रहेको हुनाले स्थानीय सरकार प्रमुख भएको हुनाले आफ्नो  तर्फबाट संस्थालाई सधै साथ र सहयोग रहने कुरा पनि राखेका थिए ।

कार्यक्रमको सभाअध्यक्ष तथा संस्थाका महासचिव काजीवावु पान्डेले  आफ्नै स्तरबाट गरिएको आर्थिक संकलनमार्फत बालबालिकाहरुलाई सहयोग गर्न पाएकोमा गौरव व्यक्त गर्दै  कार्यक्रममा सहभागीहरुलाई धन्यवाद दिदै आगामी दिनमा पनि बालविकास समाज सधै स्थानीय सरकारसँगको समन्वयमा काम गर्न  तयार रहेको प्रतिवद्धता जाहेर गरेका थिए ।

२०६० देखि २०७८ सालसम्ममा १५९ जनाबालबालिकाले संस्थाको सहयोगमा एस एल सी पास गरेको कुरा संस्थाका कार्यकारी निर्देशकले बताएका छन । संस्थाले आफ्नै सहयोगमा दिवा शिशु स्याहार कार्यक्रमतथामातृ शिशु स्वास्थ्य कार्यक्रम र विद्यालय छात्रवृत्ति कार्यक्रम बुढानीलकण्ठ नगरपालिका वडा नं. १२ मा सञ्चालनगर्दै आइरहेको कुरा संस्थका कार्यक्रम इन्चार्ज गोविन्द विकले बताएका छन ।