८ बैशाख २०८१, शनिबार 1713637347
अर्थ

प्रधानमन्त्री देउवाले भारतलाई बुझाए ३ खर्बको जलविद्युत आयोजना

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले १२०० मेगावाटको जलविद्युत आयोजना निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिनुभएको छ ।

लगानी बोर्डका अध्यक्ष समेत रहनुभएका प्रधामन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको लगानी बोर्डको ५२ औँ बैठकले ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी-६ संयुक्त जलविद्युत परियोजना निर्माणको जिम्मा भारतीय कम्पनी एनएचपीसीलाई दिने गरी समझदारीपत्र (एमओयू) को मस्यौदा स्वीकृत गर्नु भएको हो ।

संयुक्त जलविद्युत परियोजनाको विकासको लागि अध्ययन गर्न विकासकर्ता कम्पनी एनएचपीसीसँग गरिने समझदारीपत्र स्वीकृत भएको छ । एनएचपीसीले जलविद्युत र सोलारबाट भारतमा ७ हजार ७१ मेगावाट बिजुली उत्पादन गरिरहेको छ ।

बोर्डका अनुसार पश्चिम सेतीको मात्र करीब एक खर्ब ५० अर्ब रुपैयाँ अर्थात १ अर्ब ४८ करोड डलर र सेती नदी-६ एक खर्ब रुपैयाँ अर्थात् ९२ करोड ७० लाख डलर गरी कुल २ अर्ब ४० करोड ७० लाख अमेरिकी डलर अर्थात हालको डलर मूल्यअनुसार करिब ३ खर्ब रुपैयाँ लाग्ने छ ।

भारतले नेपालमा रहेका थुप्रै जलविद्युत आयोजनाको काम  लिने र त्यसै अलपत्र छाड्ने गर्दै आएको छ । भारतसँग गरिएका कतिपय सम्झौताहरु देश र जनताविरुद्ध समेत देखिने गरेका छन् । प्रधानमन्त्री पत्नी आरजु राना र गठबन्धनका नेता प्रचण्डको भारत भ्रमण लगतै भएको महत्वपूर्ण सम्झौताले कतै ठुलो मात्रामा उत्पादन हुन सक्ने जलबिद्युत आयोजनालाई आफ्नो पोल्टामा राखेर रोक्न खोजेको त् होइन भन्ने चासो र चिन्ता समेत बढेको छ ।