१२ बैशाख २०८१, बुधबार 1714003643
खेलकुद

सन्दिप युएइमा अनुबन्धित

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेटका टोलीका कप्तान सन्दिप लामिछाने संयुक्त अरब इमिरेट्स युएइको फ्रेन्चाइज क्रिकेट लिग टि-ट्वान्टी,आइएलटीमा अनुबन्धित भएका छन् ।

युएइ क्रिकेटको सर्वोच्च निकाय इमिरेट्स क्रिकेट बोर्डले ५० जना खेलाडीहरुको नाम सार्वजनिक गर्दा सन्दिप पनि अनुबन्धित भएका हुन् । ६ वटा टोली सहभागी आइएलटी प्रतियोगितामा कुल ३४ खेल खेलिनेछन् ।

लिगको पहिलो संस्करण २०२३ को जनवरी ६ देखि दुबइ, अबुधाबी र सारजह क्रिकेट खेल मैदानमा हुने भएको छ । हरेक खेलको प्लेइङ ११ मा २ जना युएइ र एक जना एसोसिएट टोलीका खेलाडी हुनुपर्ने प्रावधान राखिएको छ । यसकारण पनि नेपाल लगायत एसोसिएट राष्ट्रका खेलाडीहरुले राम्रो मूल्यका साथै राम्रो अवसर समेत पाउने भएका छन् ।