१२ बैशाख २०८१, बुधबार 1713978461
Banner

राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथ मन्दिरमा दर्शन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी साउनको सोमबारका अवसरमा आज साँझ पशुपतिनाथ मन्दिर जानुभई दर्शन गरी बेलुकीको आरतीमा सहभागी हुनुभएको छ ।

मूल मन्दिरभित्र प्रवेश गर्नुभई राष्ट्रपति भण्डारीले गणेश, वासुकीनाथ, नवग्रहलगायत देवीदेवताको दर्शनसहित पशुपतिनाथ दर्शन विधिअनुसार दर्शन गर्नुभएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो । पशुपतिनाथ मूल मन्दिरमा बेलुकी नियमित हुने आरतीमा पनि उहाँ सहभागी हुनुभएको थियो । राष्ट्रपति भण्डारीले साउन महिनाको एउटा सोमबार पशुपतिनाथ मन्दिरमा दर्शन गर्दै आउनुभएको छ । साउनको चौथो सोमबार आज विगतका सोमबारभन्दा बढी दर्शनार्थीले दर्शन गरेका छन् ।

आज बेलुकीसम्म पनि भक्तजनको भीड रहेको छ । बेलुकी पानी परेकाले भक्तजनलाई केही बाधा पुगेको थियो । पशुपतिनाथमा आज १६० जनाले विशेष पूजा गरेका छन् । साउनको सोमबार रु सात हजार ५०० को विशेष पूजाको रसिद काट्ने गरिएको छ ।