२५ माघ २०७९, बुधबार 1675887425
Banner

विकास निमार्णको काम नगर्ने भष्ट्राचारको संरक्षण गर्ने नेतालाई सधैका लागि विदा गरौं : अध्यक्ष ओली (भिडियो)

रौतहट – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विकास निमार्णको काम नगर्ने भष्ट्राचारको संरक्षण गर्ने नेतालाई सधैका लागि विदा गर्नुपर्ने बताउनुभएको छ ।

रौतहटको गौरमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भन्नुभयो, ‘तपाईंहरुलाई थाहा छ, अरुले २०–२५ वर्षमा गर्न नसकेको काम नेकपा एमालेले तीन वर्षमा गरेर देखायो, त्यस कारण अवको चुनावमा विकास निमार्णको काममा ध्यान नदिने भष्टाचारको संरक्षण गर्नेलाई विदा गरौं ।’

प्रभु साह, रघुवीर महासेठले रौतहटमा मात्र नभई तराइ मधेस क्षेत्रमा धेरै काम गरेको र योजना ल्याएको अध्यक्ष ओलीले बताउनु भयो । उहाँले भन्नुभयो ‘म प्रधानमन्त्री हुँदा तराइका मेचीदेखि महाकालीसम्मकै जिल्लामा विकासका काम गरेँ । हुलाकी राजमार्गदेखि धेरै योजनामा पैसा पठाएँ, धेरै काम भएका छन् ।

अध्यक्षले तराइ मधेसको विकास गर्न र देशलाई समृद्ध बनाउन एमालेले अबको चुनाव जित्नु पर्ने बताउनु भयो ।