१४ बैशाख २०८१, शुक्रबार 1714185586
Banner

झापामा चाउचाउ उद्योगमा भीषण आगलागी

झापाको मेचीनगर १४ दुहागढीस्थित मनसा फुडद्वारा उत्पादित मगमग चाउचाउ उद्योगमा भीषण आगलागी भएको छ । चाउचाउ उद्योगमा बिहान साढे ४ बजेबाट आगलागी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापा र मोरङका ९ वटा दमकले आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहर कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । बाँकी दुईवटा दमकल आइरहेको उहाँले बताउनुभयो । नभाउने प्रयास भइरहेकाले क्षतिको विवरण, आगलागीको कारण खुल्न नसकेको उहाँले बताउनुभयो ।