८ बैशाख २०८१, शनिबार 1713639667
Banner

डुब्न लागेकाहरु गठबन्धनको त्यान्द्रो समातिरहेका छन्, डुब्छन् : अध्यक्ष ओली 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन कांग्रेस निर्देशित राजनीतिक पार्टीमा परिणत भइसकेको बताउनुभएको छ । आईतबार आयोजित पार्टी निकट भुपू सैनिकको कार्यक्रममा सम्बोधन गर्दै ओलीले डुब्न लागेकाहरु गठबन्धनको त्यान्द्रो समातेर ज्यान जोगाउन खोजिरहे पनि डुब्ने दाबी गर्नुभयो ।  

ओलीले गठबन्धनका कुनै पनि दलसँग एक्लै चुनावमा जाने हिम्मत नरहेको बताउनुभयो । ‘उनीहरुको नसिवमै गठबन्धन लेखेको छ । डुब्तेको सिन्केका सहारा भनेको जस्तै उनीहरुलाई बाँच्नका लागि गठबन्धनरुपी त्यान्द्रोको सहारा चाहिएको छ । डुब्न लागेकाहरु एउटाले अर्कालाई तानिरहेका छन् । तर, यिनीहरु सबै डुब्छन् ।’

ओलीले गठबन्धनका दलहरुमा एकअर्काप्रति अविश्वास रहेको बताउनुभयो । ओलीले भन्नुभयो, ‘बिहान भन्छन्– हामीलाई हेप्यो, यस्तै चाल हो भने अर्को मोर्चा बनाउँछौं । दिउँसो अलिकति डराउँछन् । होइन, यो मोर्चा त कायमै राख्नुपर्छ भन्छन् । बेलुकातिर यो गठबन्धन चुनावपछिसम्मै कायम राख्नुपर्छ भन्छन् । राति सुत्छन् । छटपटी हुन्छ । के गरेर जोगिने होला भनेर सोच्न थाल्छन् । अनि बिहान उठेर फेरि धम्क्याउँछन् ।’