१२ बैशाख २०८१, बुधबार 1713958712
अर्थ

रासायनिक मलको बोराभित्र ढुङ्गा भेटियो

कपिलवस्तु शिवराज नगरपालिका ६ का कृषकले कृषि सहकारीबाट खरिद गरेको मलको बोराभित्र इँटा र ढुङ्गा फेला परेको छ । नगरपालिकाको वडा ५ मा रहेको रामनारायण कृषि सहकारीबाट खरिद गरिएको मलमा इँटा र ढुङ्गा फेलापरेको हो । 

कृषक राजाबाबु लोनियाले खरिद गरेको ५० केजी मलको बोरा खोल्दा ती बस्तु भेटिएको उहाँले बताउनुभयो । सहकारीले अवैध रुपमा नेपाल भित्रिएको भारतीय मल बिक्री गरिरहेको छ । सरकारीले अनुदानमा मल बिक्री गर्नुको सट्टा राजस्व छली गरेर मल बिक्री गरेकाले शंकास्पद रहेको स्थानीय राज गुप्ताले बताउनुभयो । 

मल पाउन कृषकलाई सकस भइरहेकाबेला यसरी बोरामा इँटा र ढुङ्गा भेटिनुलाई सहकारीप्रति शङ्का उत्पन्न भएको किसानको भनाइ छ । सहकारीका सञ्चालक शिवसरण जयसवालले सहकारीमा मल सकिएकाले सुरज गल्ला भण्डारबाट मल ल्याएको बताउनुभयो । 

किसानहरूका लागि भनी मजदुरहरूले भारतवाट साइकलमा मलका बोराहरू ल्याउने गरेकाले उनीहरुले नै इँटा र ढुङ्गा राखेको हुनसक्ने दाबी गरिएको छ । पछिल्लो समय खेती लाउने मौसममा पनि रासायनिक मल प्राप्त नभएपछि किसानको बिचल्ली भएको छ । 

जानु पाण्डे