१३ बैशाख २०८१, बिहीबार 1714102044
Banner

चुनावी रणनीति र तालमेलमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं :  सत्ता गठबन्धनको बैठक बस्दै छ। आज बिहान साढे ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा चुनावी रणनीति र तालमेलका विषयमा छलफल हुनेछ।

सरकारले हिजो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेको छ। त्यसैको तयारीका गठबन्धनको भावी रणनीतिबारे  छलफलका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको बोलाएको उनको सचिवालयले जनाएको छ।

आजको बैठकमा ४ मंसिरको निर्वाचनमा गठबन्धन दलहरूबीच हुने भागबण्डाका विषयमा छलफल जनाइएको छ।