२१ बैशाख २०८१, शुक्रबार 1714760915
खेलकुद

चार देशीय टी–२० सिरिजको पहिलो खेलमा नेपालकाे जित

दिपेन्द्र सिंह ऐरीको अविजित अर्धशतकीय पालिको सहयोगमा नेपालले शुक्रबार घरेलु टिम ओमानलाई छ विकेटले पराजित गरेको चारदेशीय अन्तर्राष्ट्रिय टि२० शृङखलामा विजयी सुरुआत गरेको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा घरेलु टिम ओमानले पहिले ब्याटिङ गरी निर्धारीत २० ओभरमा छ विकेटको क्षतिमा १३५ रन मात्र बनाएको जिथयो । नेपालले १९.३ ओभरमा चार विकेटको क्षतिमा १३७ रन बनाएर जित हात पार्यो । प्रशिक्षक पुबुदु दसनायकेको दोस्रो कार्यकालमा नेपालले पहिलो खेलमै सफलता प्राप्त गरेको हो ।

दिपेन्द्रले ५३ बलमा अविजित ७३ रनको पालि खेल्नुभयो । उहाँको पालिमा आठ चौका र एक छक्का सामेल थियो । दिपेन्द्र म्यान अफ दि म्याच पनि बन्नुभयो । ओमानका लागि कप्तान जिसन मक्सुदले ४१ बलमा चार चौका र एक छककासहित सर्वाधिक ४३ रन बनाउनुभयो । नेपालका लागि अविनाश बोहराले सर्वाधिक तीन विकेट लिनुभयो । सन्दीप लामिछाने, कमल सिंह ऐरी र आरिफ शेखले पनि एक एक विकेट लिनुभयो ।

आजको खेल खेलेर विवेक यादव र सागर ढकालले अन्तर्राष्ट्रिय टि२० मा पदार्पण गर्नुभएको छ ।